• गुल्मीबाट सुरु भयो तालमेल, मालिकामा गठबन्धनबाट देवीराम अर्याल उम्मेद्वार

  • सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने तयारीमा छ। चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गठबन्धनको बीचमा भइसकेको छ।

    स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जान गठबन्धनमा आवद्ध दलहरु सहमत भए पनि मोडालिटीको ‘क्लियर पिक्चर’ भने तयार भइसकेको छैन। तर, गुल्मीको एउटा गाउँपालिकामा भने तालमेलको टुंगो लागेको छ।

    सत्ता गठबन्धनमा आवद्ध दलहरुको स्थानीय संयन्त्रले मालिका गाउँपालिकामा तालमेलको टुंगो लगाएको हो। दलहरुबीच बनेको सहमति अनुसार नेकपा माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष पाउने भएको छ। यस्तै नेपाली कांग्रेसको भागमा उपाध्यक्ष परेको छ।

    सहमतिअनुसार गठबन्धनले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीराम अर्याललाई उम्मेदवार घोषणा गरेको छ।

    उनी माओवादीका गाउँपालिका अध्यक्षसमेत हुन्। अर्याल यसअघिको निर्वाचनमा अध्यक्षमा एमालेका रितबहादुर थापासँग पराजित भएका थिए। उपाध्यक्ष भागमा परेको कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय