• सार्वजनिक यातायातमा भाडा बढ्यो कहाँ जादा कति?

  • सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजना गरेको छ। चैत्र १७ गतेको मन्त्रीस्तरीय निर्णयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमतिसमेतको आधारमा भाडा बढाएको यातायात व्यवस्था विभागले जनाएको छ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको कारण देखाउँदै विभागले सवारी साधनको भाडा वृद्धि गरेको हो। यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशत बढेको र मालबाहकमा भने पहाडमा १३ प्रतिशत तथा पहाडमा १५ प्रतिशत भाडा बढेको छ।

    ‘मिति २०७८।०३।२७ मा भाडा समायोजन भए पश्चात प्रति लिटर रू १०४ रहेको डिजेलको तत्कालीन बजार मूल्य ३२.६९% ले वृद्धि भई मिति २०७८।१२।०२ सम्ममा रू १३८ हुन पुगेको सन्दर्भमा विभागबाट गठित भाडा समायोजन सम्बन्धी समितिले सार्वजनिक यातायात सेवा सञ्चालनको कुल लागतमा इन्धन-खर्चको योगदान प्रतिशतका आधारमा भाडामा हुनु पर्ने समायोजनका सम्बन्धमा प्रतिवेदन पेश गरेको थियो,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रतिवेदनमा गरिएको सिफारिसअनुसार भाडा समायोजनका लागि विभागले गरेको प्रस्तावमा मिति २०७८ । १२ । १७ को मा.मन्त्री स्तरको निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमतिसमेतको आधारमा र संविधानको अनुसूची ५ को बुदा नं २० र अनुसूची ९ को बुदा नं १५ को सम्बन्धमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) र सोही ऐनको दफा १५३ को खण्ड (घ) बमोजिम यस विभागबाट मिति २०७८।१२।१७ मा भएको निर्णयानुसार मिति २०७८।१२।२० देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर देहाय अनुसार समायोजन गरिएको छ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय