• बजेट तयारी तिब्र, यस्तो छ तालिका

  • जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको छ ।‘क्यालेन्डर’ नै बनाएर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयले चैत १ गते औपचारिक रूपमा बजेट निर्माण सुरु भएको घोषणा गरिसकेको छ । अहिले अर्थमन्त्री जनार्दन शर्मासहित अर्थ मन्त्रालयका अधिकारी विभिन्न क्षेत्रका सरोकारवाला र विज्ञसँग परामर्शमा छन् ।

    मन्त्रालयले सरोकारवालासँग छलफल तथा सुझाव लिने कामलाई निरन्तरता दिइरहेको अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले जानकारी गराए ।

    अर्थ मन्त्रालयले अन्य मन्त्रालय/निकायसँग आव २०७९/८० को बजेटमा समावेश गरिने नीति तथा कार्यक्रमको उपलब्धि सूचक पनि माग गरिसकेको छ । त्यस्तै प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाको मार्गदर्शन पठाउने, ससर्त अनुदानको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेशका प्रतिनिधिसँग गरिने छलफलको तालिका स्वीकृत गरी पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय