• लागत वृद्धिको त्रासले काम रोकियो

  • निर्माण हुने मुख्य सिजनमै डण्डीको मूल्य मूल्य अप्रत्याशित रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेसँगै उद्योगीहरूले डण्डीको मूल्य बढाएका हुनु ।

    डण्डी उत्पादक उद्योगीहरूले पछिल्लो दुई सातामै अवधिमै डण्डीको मूल्य प्रतिकेजी ३० रुपैयाँसम्म बढाएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजारमा डण्डीको मूल्य अप्रत्याशित रुपमा बढेकाले काम गर्न नसक्ने स्थितिमा पुगेको बताउछन्।

    महासंघले मूल्यवृद्धिका कारण काम गर्न नसक्ने भएपछि ‘निर्माण होलिडे’ मनाउने घोषणा समेत गरेको छ ।

    बजारमा पछिल्लो समय डण्डीको मूल्य बढेसँगै निर्माण व्यवसायीसँगै उपभोक्ता पनि मारमा परेका छन् । अहिले घर बनाउने सिजन भएकाले पनि उपभोक्ताले चर्को मूल्यमा डण्डी खरिद गर्न बाध्य छन् ।

    करिब २ हप्ताअघिसम्म प्रतिकेजी बढीमा ११० रुपैयाँ कायम भएकोमा अहिले प्रतिकेजी १३० रुपैयाँ नाघिसकेको छ ।

    बजारमा अत्यधिक मूल्यवृद्धि हुँदा प्रतिकेजी १३० रुपैयाँभन्दा बढीमा खरिद गर्न बाध्यात्मक अवस्था भएको व्यवसायीहरुको दाबी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय