• सरकारको पानी स्रोत संरक्षण नीति, के हुँदैछ काम?

  • खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताएका छन् ।
    ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित वडा नं तीनमा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं १, २ र तीनको उद्घाटनमा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको बताए ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्वर वडाका दुई सय ३५ घर धुरीका एक हजार चार सय १० जनसख्या लाभान्वित भएका छन् ।
    खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङका ग्रामिण बासिन्दा लाभान्वित भएको बताए ।
    , खानेपानी मन्त्री चौधरीले श्रीजंगा गाउँपालिकाको प्रशासकिय भवनको एक समारोहबीच गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय