• लेटाङमा कर्फ्यु हट्याे

  • अनुसन्धानमा खटिएका बेला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यापछि उत्पन्न परिस्थितिका कारण मोरङको लेटाङमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु बिहीबारदेखि हटाइएको छ ।

    लेटाङको अवस्था सामान्य हुँदै गएको र दैनिक सुरक्षा पेट्रोलिङ गर्ने गरी कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले आज बिहान ६ बजेबाट कर्फ्यु हटाउने निर्णय गरेको हो ।

    स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको सो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान श्रेष्ठको हत्या भएकाे थियाे ।

    घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले जनधनको थप क्षति हुन नदिन स्थानीय प्रशासनले कर्फ्यु लगाएकाे थियाे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय