• मोरङको लेटाङमा कर्फ्यु

  • मोरङको लेटाङमा कर्फ्यु लगाइएको छ। स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा एक महिला प्रहरी जवानको मृत्यु भएपछि स्थिती सामान्य बनाउन यस्तो गरिएको जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनिश्चितकालीन कर्फ्यु लगाइएको बताए।

    लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

    फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो।

    आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन्।

    घाँटीमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय