• कामै गर्न नसकेपछि फेरी भयो संसद स्थगित

  • संघीय संसद्को चालू अधिवेशन अन्त्य हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालू अधिवेशन मंगलबार राति अन्त्य गर्ने सरकारको सिफारिस अनुमोदन गरेसँगै संघीय संसद् अन्त्य भएको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

    चालू अधिवेशनले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव दर्ता गरेको अधिवेशनले गठन गगरेको सिफारिस समितिको कामै शुरु हुन सकेन। संसद्‌मा विचाराधीन नागरिकता, निजामती कर्मचारी लगायतका ५७ वटा विधेयक प्रस्तुत नै भएनन्। प्रतिनिधिसभामा ४२ वटा र राष्ट्रियसभामा १५ वटा विधेयक अलपत्र रहेका छन्।

    भदौ २३ गतेदेखि एमालेले संसद्का दुबै सदनको बैठक निरन्तर अवरोध गर्दै आएको थियो। पार्टीले कारबाही गरेका १४ सांसदलाई निलम्बन गर्नुपर्ने माग राखेर संसद् अवरोध गरेको एमाले अवरोध हटाउने पक्षमा देखिएको थिएन। स्थानीय चुनाव वैशाख ३० गतेलगत्तै जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्छ। गत वर्ष पनि केपी ओली सरकारले संसद् विघटन गरेर अध्यादेशबाट बजेट ल्याएको थियो।

    संसद् नियमावलीमा बजेट ल्याउनुअगाडि सरकारको नीति तथा कार्यक्रममा संसद्‌मा छलफल चल्नुपर्छ। अब आह्वान हुने भनेको बजेट अधिवेशन हो। संसद्को अवधि अब मंसिरसम्म छ। मंसिरमा चुनाव भई फागुनमा शपथ लिएकाले संसद्को अवधि कहिलेसम्म हो भन्ने स्पष्ट नभएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए।

    स्थानीय तहको कार्यकाल जस्तै चुनाव भएको मिति मान्ने हो भने मंसिरमा संसद्को पाँच वर्षे अवधि सकिन्छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय