• पहाडी क्षेत्रमा चट्याङ्को सम्भावना, कहाँ जोखिम

  • पहाडी क्षेत्रमा चट्याङ्को सम्भावना देखिएको छ ।
    बिहीबार दिउँसो पहाडी भू–भागमा अपराह्नपछि एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    विभागका अनुसार विहीबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय