• जसको ३ बोरा पैसा प्रहरीले नियन्त्रणमा लियो

  • डेढ करोड रूपैयाँ (पैसासहितको तीन बोरा)सहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कालिमाटीबाट १ करोड ५० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बिक्की खड्गी र अमित अग्रवाल । उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    हाल काठमाडौं महानगरपालिका- १३ ताहाचलमा बस्दै आएका अग्रवाल भारतको सिलुगुडीका रहेको प्रहरीले जनाएको छ । खड्गी भने कालिमाटीकै स्थानीय हुन् ।

    उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।

    सिफारिस
    लोकप्रिय