• कहाँबाट कति आए पर्यटक ?

  • नेपालमा विदेशी पर्यटक आगमन बढ्न थालेको छ। फेब्रुअरी २०२२ मा विभिन्न मुलुकबाट १९ हजार सात सय ६६ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो ।

    कोभिड महामारीका कारण फेब्रुअरी २०२१ मा विभिन्न मुलुकबाट नौ हजार एक सय ४६ पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ। महामारी सुरु हुनुअघि फेब्रुअरी २०१९ मा एक लाख दुई हजार चार सय २३ र फेब्रुअरी २०२० मा ९८ हजार एक सय ९० पर्यटक नेपाल आएका थिए।
    फेब्रुअरी २०२२ मा नेपाल भित्रिएका कुल पर्यटकमध्ये सात हजार दुई सय ६२ पर्यटक सार्क मुलुकबाट आएका छन्, यो कुल संख्याको ३६.७४ प्रतिशत हुन आउँछ । अन्य एसियाली मुलुकबाट नौ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, युरोपका १६ मुलुकबाट चार हजार आठ सय १३ पर्यटक आएका छन् भने अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार ७३ तथा क्यानडा र अमेरिकाबाट दुई हजार ५१ पर्यटक

    आएको पर्यटन बोर्डले जनाएको छ । फेब्रुअरीमा सबैभन्दा बढी पर्यटक आउनेमा भारत पहिलो र अमेरिका दोस्रोमा रहेका छन् । भारतबाट पाँच हजार नौ सय ९८ पर्यटक आउँदा अमेरिकाबाट तीन हजार एक सय ९५ पर्यटक आएका छन् । यस्तै, युकेबाट दुई हजार दुई सय १७, अस्ट्रेलियाबाट एक हजार ५२, बंगलादेशबाट आठ सय ८८, जर्मनीबाट ६ सय ४२ आएको बोर्डको तथ्यांक छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय