• रुस र युक्रेनबीच वार्ता , सैन्य कारबाही योजना अनुसार अघि बढ्छाै पुटिन

  • रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्तामा पनि कुनै निश्कर्ष निस्किएको छैन ।तर दुबै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गरिएको छ ।

    रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई राम्रो भनेका छन् । यही आधारमा युद्ध विराम गर्न सकिने पनि उनको भनाइ छ ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी सैन्य कारबाही योजना अनुसार अघि बढ्ने बताए । रुसको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    रुसी सेनाले युक्रेनमा युद्ध भइरहेका स्थान छोड्नका लागि सर्वसाधारणलाई सुरक्षित मार्ग उपलब्ध गराउने समेत पुटिनको भनाइ छ । उनले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसँग भिडियोमा कुरा गर्दै युक्रेनका राष्ट्रवादीले सर्वसाधारणलाई सुरक्षित स्थान जान नदिएको समेत बताए

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय