• के भयो रुस र युक्रेनबीचको वार्तामा ?

  • रुस र युक्रेनबीच युद्ध चर्किएका बेला सोमवार यी दुई देशबीच पहिलो चरणको शान्तिवार्ता भएको छ। रुसी र युक्रेनी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन्।

    वार्ता युक्रेन र बेलारुसवीचको सीमामा भएको थियो । युक्रेनका अधिकारीहरूले नै यस वार्ताले त्यस्तो कुनै

    ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । वार्तामा सहभागी अधिकारीहरू दुवै पक्ष आआफ्ना राजधानी फर्किएका छन् र उनीहरूले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्। रूस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोहीबमोजिम दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्रै अर्को उच्चस्तरीय वार्तामा बस्ने बताएका छन्।

    उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किमका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ।

    रुसले यहाँका आवासीय क्षेत्रहरूमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ । यसरी नागरिककी आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्ने कुराको भने रुसले अस्वीकार गरेको छ । यता राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरू बजेका बताइएको छ। त्यस्तै युक्रेनको उत्तरी सहर चर्निभमा पनि गोलावारी भइरहेको बताइएको छ। रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ ती स्थानमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । यसक कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय