• कुन बीमा कम्पनीले कति लाभांश दिदैछन् ?

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूमध्ये ११ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् ।

    नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरूमध्ये जम्मा ११ कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् भने सातवटाले गरेका छैनन् ।

    नियामक निकाय बीमा समितिले पुँजी बढाउन जोड दिँदै कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गर्न सकिने व्यवस्था गरे अनुसार बोनस सेयरमा जोड दिँदै निर्जीवन बीमा कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका हुन्। हाल नेपालमा कुल २० वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । कुल कम्पनीमध्ये विदेशी स्वामित्वका दुईवटा निर्जीवन कम्पनीहरू नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड नेप्सेमा सूचीकृत छैनन् ।

    नेप्सेमा सूचीकृत भएका निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथा इन्स्योरेन्सले २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद रहेको छ । सबैभन्दा कम लाभांश प्रस्ताव गर्नेमा भने एभरेस्ट इन्स्योरेन्स रहेको छ । एभरेस्टले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.३१ लाभांश प्रस्ताव गरको छ । जसमा छ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद रहेको छ ।

    सगरमाथालाई पछ्याउँदै नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद रहेको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद रहेको छ ।

    प्रिमियर इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद रहेको छ ।

    प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ११ प्रतिशत बोलना

    सेयर र ०.५८ प्रतिशत नगद रहेको छ। एनएलजी इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र १०.४८ प्रतिशत नगद रहेको छ।

    यस्तै आईएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद रहेको छ । प्रुडेन्सियलले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद रहेको छ । हिमालयन जनरल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद रहेको छ ।

    नेप्सेमै सूचीकृत सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएका छन् । दुवै कम्पनीहरूले लगानीकर्ताहरूलाई लाभांश नदिएरै साधारणसभा सम्पन्न गरेका छन् ।

    यता शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छैनन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय