• सिफारिस गरियो मुख्य निर्वाचन अधिकृत

  • आगामी स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्ले मुख्य निर्वाचन तथा निर्वाचन अधिकृत सिफारिस गरेको छ । निर्वाचन आयोगको आग्रह अनुसार सोमबार बसेको परिषद् बैठकले ७७ जिल्लाका प्रमुख न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गरेको हो।

    यस्तै, १५ जनालाई जगेडामा सिफारिस गरिएको छ । कुल ९२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गरिएको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरिएको जानकारी गराए ।

    सबै जिल्लाका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गरिएको छ । यस्तै, न्याय सेवा आयोगबाट पनि उपसचिवहरूलाई निर्वाचन अधिकृतमा सिफारिस गरिएको छ ।

    सिफारिस अनुसार सिन्धुली र रामेछापका जिल्ला न्यायाधीशको हकमा भने अन्य जिल्लाका न्यायाधीशले निर्वाचन गराउने बताइएको छ। सिन्धुलीका महेन्द्रबहादुर कार्की र रामेछापका बद्री वलीले भने व्यक्तिगत कारणले मुख्य निर्वाचन अधिकृतका रूपमा कार्यसम्पादन गर्ने छैनन् । उनीहरूको स्थानमा जगेडामा रहेका न्यायाधीशहरूले मुख्य निर्वाचन अधिकृतका रूपमा कार्यसम्पादन गर्ने छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय