• रुस र युक्रेनबीच वार्ताको तयारी

  • रुस र युक्रेनबीच वार्ताको तयारी भएको छ ।
    रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनले आत्मसमर्पण रुस वार्ता गर्न तयार रहेको बताएको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसलाई वार्ताका लागि निम्तो दिएका थिए ।

    युक्रेनी राष्ट्रपतिको वार्ताको निम्तो दिएपछि क्रेमिलन पनि वार्ता गर्ने बताएको छ । क्रेमिलन प्रवक्ता दिमित्री पेसकोभले तथस्ट भूमिमा वार्ता गर्न सकिने जनाएका छन् । उनले बेलारुसको राजधानी मिन्स्कमा वार्ता गर्न सकिने बताएको बीबीसीले जनाएको छ ।

    बिहीबारदेखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । युक्रेनतर्फ ठूलो क्षति भएको बताइएको छ । रुसी सेना युक्रेनको राजधानी किभसम्म पुगिसकेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय