• ५ दलयीय गठबन्धन कसरी जोगिन सक्छ

  • संसदमा टेबल भएको एमसीसी अनुमोदन गर्ने र सत्ता गठबन्धन पनि निरन्तरता दिने विकल्पमा छलफल हुन थालेका छन् । यसकालागि गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू नै सक्रिय भएका हुन् ।

    नेताहरूका अनुसार अहिले ३ वटा बिकल्पमा छलफल चलेको छ ।

    एमसीसी पास गर्न एकीकृत समाजवादी र माओवादी केन्द्रले संसदमा अनुपस्थित भएर एमसीसी अनुमोदन गर्न सकिने विकल्पमा छलफल फेरि चलेको छ ।

    त्यस्तै अमेरिकासँग फेरि केही समय माग्ने विषयमा पनि छलफल भएको छ । यसका लागि एमसीसी मुख्यालयलाई टेबल भएको एमसीसी सम्झौता अगाडि बढाउने तर केही समय चाहिने भन्दै अमेरिकालाई आश्वस्त बनाउन सकिने बताइएको छ ।

    सकेसम्म गठबन्धन जोगाउने र एमसीसी अनुमोदन गर्ने वातावरण बनाउन विकल्पहरूमाथि छलफल भइरहेको छ । त्यसैकारण शनिबारमात्रै काठमाडौं आउने माधव
    कांग्रेस र एमालेबीच संवाद सकारात्मक नभएपछि गठबन्धन जोगाउने विषयमा कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन एमालेको प्रस्ताव स्वीकार गर्दा सभामुख एमालेकै भागमा पर्न सक्ने भएकाले एमालेकै राष्ट्रपति र सभामुख हुँदा आफू झन् अप्ठ्यारोमा पर्ने कांग्रेसभित्र विश्लेषण भइरहेको छ ।

    संसदको सबैभन्दा ठूलो र प्रतिस्पर्धी दलसँग सहकार्य गर्दा आफू थप कमजोर भइने विश्लेषण पनि कांग्रेसभित्र हुन थालेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय