• देउवा र ओली बीच पटक-पटक वार्ता, अझै आउन सकेन निचोड

  • अमेरिकी सहयोग परियोजना एमसीसी र नयाँ गठबन्धनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच पटक-पटक वार्ता भएको छ । शुक्रबार पनि
    प्रधानमन्त्री देउवा प्रमुख एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि ओली निवास बालकोट गएका थिए ।

    अमेरिका सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरूबीच कुनै निष्कर्ष ननिस्ककेका बेला नेताहरूबीच दौडधुपमा छन् । अहिले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति नजुटेपछि अर्को गठबन्धनको कसरत भइरहेको छ । कांग्रेस र एमालेबीच गठबन्धन हुने विषयले राजनीति तरंगित बनेको छ । बिहीबार दुई चरण भएको प्रधानमन्त्री–एमाले बैठक सकरात्मक भएको बताइएको थियो । सो छलफलमा प्रधानमन्त्री देउवाले एमालेको मागमा खुला छलफल गर्न तयार रहेको थिए ।

    बिहीबार पनि पार्टीका शीर्ष नेताहरूलाई साथमा लिएर ओली बालुवाटार पुगेका थिए । बालुवाटार छलफल सकरात्मक रहेको बताइएको थियो ।

    शुक्रबार दिनभर सत्तागठबन्धनका नेताहरूबीच द्वीक्षीय छलफल भए पनि एमसीसीबारे सहमति भएन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय