• के हुन् कांग्रेससँग सहकार्य गर्ने एमाले माग

  • सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बीच संवाद बढाइएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्तारुढ दलले माओवादी केन्द्र र समाजवादीले धोका दिएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।

    सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभई नेताहरु सोमबार उठेका छन् । ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेको छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने जनाउ दिएका छन् ।

    वार्तामा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए ।

    कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की सहभागी थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय