• टाढा छैन नेपालले विश्‍वकपको यात्रा तय गर्न

  • नेपालले टी ट्वान्टी विश्‍वकप क्रिकेटको लागि आफ्नो वलियो उपस्थिती देखाएको छ । नेपाल ओमानमा जारी टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
    जसले समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।

    ओमानको अलअमेरात मैदानमा नेपालले ८१ रनको लक्ष्य २ विकेट गुमाएर १४ ओभर १ बलमा पूरा गरेको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २७ र कुशल भुर्तेलले ३४ रन नटआउट बनाए । यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट गरेको थिए ।

    नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने कमलसिंह ऐरी र अभिनाष बोहोराले २–२ विकेट लिएका थिए ।

    नेपालले अब मंगलबार सेमिफाइनलमा समूह ए को उपविजेता यूएईसँग खेल्नेछ । यूएईसँगको खेल जितेमा नेपाल २०२२ को अन्तिममा अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछ । यसअघि नेपाल र यूएईबीच ४ वटा टी–२० खेल भएका छन् ।

    जसमा नेपालले २ र यूएईले २ खेलमा जित हात पारेका छन् । हालै ओमानमा भएको चार देशीय शृंखलामा नेपाल यूएईसँग पराजित भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय