• अमेरिकाले भन्यो एमसिसी अनुमोदन गर्ने निर्णय नेपालको सार्वभौम निर्णय

  • अमेरिकाले एमसिसी अनुमोदन गर्ने निर्णय नेपालको सार्वभौम निर्णय रहेको जनाएको छ ।

    एमसिसी अनुमोदन गर्न अमेरिकाले दबाब दिने गरेको भन्दै नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेको भोलिपल्ट अमेरिकाले यस्तो धारणा बाहिर ल्याएको छ।

    नेपालस्थित अमेरिकी दूतावासले नेपाली नेताहरूले एमसिसी अनुमोदन गर्छन् गर्दैनन् भन्ने विषय सार्वभौम मुलुकका रूपमा नेपालले निर्णय गर्ने बताएको हो।

    शनिबार दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन्। यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं। हामीले नेपाललाई विकास सहायता, विपद प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं। नेपाली नेताहरूले एमसिसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय