• पाँच वर्षपछिको नेपाल कस्तो होला ? विश्व पाैडेलक‍ो विचार

    २०७८ फाल्गुन ५, बिहीबार ०७:२६ मा प्रकाशित
  • केही अघी काठमाडौं-निजगढ फास्टट्र्याक बनाइरहेका प्राविधिकहरुसँग मैले गरेको छलफल अनुसार २०८१ साल पुष सम्ममा टनेलहरु बनिभ्याउँछन। एघार प्याकेजमा गरी ठेक्का लगाएर भएपनी वेलामा सक्ने उनीहरुले मलाई विश्वास दिलाए। केही ढिलो होला, तर यो काम सरकारले आर्थिक समस्या पर्दैन भनेर विश्वास दिलाएकोले केही वर्षमै सम्पन्न हुने दिशामा छ।

    सडक विभाग नारायणगढ-पथलैया छ लेन देखी चार लेन चौडा सडक बनाउन तयारी गर्दैछ। त्यस्तै तयारी इनरुवा देखी काकडभिट्टा खण्डको चौडाइ गर्नपनी छ। एकसय किलोमिटर प्रतिघण्टाको दरले मोटर गुडाउन मिल्नेगरी सडक बनाउन मेरो उनीहरुलाई सल्लाह छ। यस्तै, पुर्वपश्चिम राजमार्गको कमला- कन्चनपुर (सप्तरी) खण्डमा सडक चौडापार्ने काम शुरु भएको छ। बुटवल-नारायणघाट खण्डमा मैले केही अघी गरेको अनुगमनको क्रममा त्यहाँको सडक विस्तार अर्को साढे दुई वर्षमा सक्ने विश्वास ठेकेदारले दिलाएको थियो। यस्तै काठमाडौं देखी पोखरा खण्ड पनि चार लेनको रुपमा विकसित हुँदैछ।

    दाउन्ने मुनी टनेल मार्ग चाँडै बन्ने पनि लगभग निस्चित छ। यसले फराकिलो सडकमा बुटवलबाट चितवन हुँदै निजगढ-काठमाण्डु द्रुतमार्ग आइपुग्न चाँडै नै चार देखी पाँच घण्टा जती मात्र लाग्ने छ। यस्तै काठमाडौं-पोखराको दुरी पनि तीन घण्टामा छोट्टिनेछ। हामी यि दुरी अझै छोट्ट्याउन सक्ने छौं।

    गल्ती पनि भएका छन। यदी अघिल्लो सरकारका एक मंत्रिले वुद्धी पुर्‍याएको भए जापानीहरुले अहिले सुर्य विनायक देखी धुलिखेल खण्ड द्रुतमार्गको रुपमा विकसित गर्ने काम गरिरहेका हुन्थे। त्यो काम सकेपछी गोंगबुबाट शुरु हुने गरी मेट्रोको काम गर्न उनीहरु इच्छुक थिए। त्यसो हुँदाहुँदै पनि ति आयोजनालाई फेरी ट्र्याकमा ल्याउन अहिले मेहनत गरिएको छ। आज पनि एक समुह विपी राजमार्गको खुर्कोटबाट सुरुङ मार्ग बनाउने गंभिर छलफलमा छ।

    अर्को दुई तीन वर्ष भित्र नेपालमा सवै घरहरुमा विजुली पुग्ने छन। अहिले पुग्न बाँकी २ देखी तीन लाख घर भएको अनुमान गरिएको छ।

    सिमेन्टको उत्पादन १५० लाख मेट्रिक टन प्रतिवर्ष पुगेको परिप्रेक्षमा सबै विपन्न नेपालीको घरहरु उनीहरुले चाहेमा पक्का बनाउन सरकारले सिमेन्टमा उहिले गोबरग्याँसमा दिएजस्तै आधुनिक घरनिर्माणका सामग्रिमा सब्सिडी दिनसक्ने स्थिती छ। सरकारले तिब्र रुपमा काम गरेमा केही वर्षमै पुराना र जिर्ण घरहरु भुकम्प प्रतिरोधी घरले प्रतिस्थापन गर्न सक्ने स्थितिमा छौँ।

    म मुलुकलाई माया गर्ने विदेशमा रहेका, शिल्प भएका र व्यवसाय गर्ने जोश भएका, नेपालीहरुलाई पनि सके नेपाल फर्कन र यहाँँ व्यवसाय शुरु गर्न निवेदन गर्छु। यसले मुलुकभित्र रोजगारी सिर्जना हुनेछ।सकारात्मक सोचाइ बढाउनेछ। हाम्रो पुस्ता उग्रवादको मोहपाशमा परेपनी नयाँँ पुस्ताले बिकास विरोधी उग्रवादलाई अस्विकार गर्नेछ।

    हाम्रो देशमा धेरै कमजोरीहरु छन, तर हाम्रो सुन्दर देशको भविष्य राम्रो छ। यसलाई सहि वाटोमा लैजान अझै मुलुक र जनताहरुलाई माया गर्ने सकारात्मक सोच भएका, देश विदेश बुझेका व्यक्तिहरुको खाँचो भने यहाँँ निकै छ।

    सिफारिस
    लोकप्रिय