• चुनाबलाई केन्द्रित गरेर कांग्रेसको एक महिने अभियानको

  • स्थानीय तह चुनावको लागि नेपाली कांग्रेसले
    पार्टीको संगठनलाई परिचालन गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारले वैशाख ३० मा घोषणा गरेको निर्वाचनको स्वागत गर्दै एकताबद्ध रूपमा निर्वाचनमा क्रियाशील हुने निर्णय गरेको हो ।

    ‘घर-घर जाऔँ कांग्रेस जिताऔँ’ नारा अन्तर्गत संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको छ,’ प्रवक्ता प्रकाशशरण महतले भने । यो अभियान २० फागुनदेखि २० चैतसम्म चल्ने महतले बताए ।

    बैठकले निर्वाचनका लागि घोषणापत्र तयार गर्ने विषयमा समिति निर्माणको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय