• एमसीसी बुझ्न ९ बुँदा

  • लामो समयदेखि प्रकिया अघि बढ्न नसकेको एमसीसी परियोजना सरकार संसदबाट टुंगोमा पुर्‍याउने तयारीमा छ । कतिपय राष्ट्रिय स्वाधीनता विपरित भनिरहेको यो कार्यक्रमलाई सरकारका अर्थमन्त्री जनार्दन शर्माले भने उर्जा र पुर्वधार सम्वन्धी काम गर्ने परियोजनाका रुपमा लिएका छन् ।

    एमसीसी के हो कतिपय अझै स्पष्ट नभएको अवस्था बुझ्न यी ९ बुदा सहयोगी हुनेछन् ।

    १. संयुक्त राज्य अमेरिकाले सन् २००४ देखि एमसीसीको शुरुवात गरेको

    २. एमसीसीका लागि तीनवटा मापदण्ड पूरा गरेको हुनुपर्ने (यिनका Criteria हरु थुप्रै रहेको)

    (क) सहयोग प्राप्त गर्ने सरकारले जनतामा गरेको लगानी (शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोतको जगेर्ना )

    (ख) सहयोग प्राप्त गर्ने मुलुकमा रहेको आर्थिक स्वतन्त्रता

    (ग) विधिको शासनको अवस्था

    ३. यो सहयोग स-साना आयोजनामाभन्दा पनि निश्चित प्रतिफल दिने ठूलो आयोजनामा लगानी गर्नका लागि प्राप्त हुने, जुन आयोजना सहयोग प्राप्त गर्ने मुलुक आफैले छनौट गर्ने

    ४. नेपालको विकासका बाधक पहिल्याउन गठित विज्ञ समुहले चारवटा मुख्य बाधा पहिचान गरेको

    (क) विद्युत अभाव

    (ख) कमजोर सडक पूर्वाधार

    (ग) नीतिगत निरन्तरता

    (घ) श्रम समस्या

    ५. यी चारमध्ये दुईवटा बाधा (विद्युत र सडक) फुकाउन आयोजना छनौट गरिएको

    ६. यस सहयोगले काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटे हुँदै ४०० के.भी. को एउटा प्रसारण लाइन तनहुँको दमौली र त्यहाँबाट रुपन्देहीको बुटवलसम्म पुग्छ। यही प्रसारण लाइनलाई भारतको गोरखपुरसम्म पुयाउने लक्ष्य राखिएको छ । अर्को प्रसारण लाइन रातमाटेबाट मकवानपुरको हेटौंडा पुग्छ र त्यहाँ हेटौंडा-ढल्केवर-दुहवी प्रसारण लाइनसँग जोडिन्छ। यसका साथै विभिन्न पाँच सडकखण्डमा उच्चस्तरको मर्मतसम्भारको काम हुन्छ ।

    ७. एमसीसी अन्तर्गतका आयोजनामा अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर र नेपाल

    ८ .सरकारले १३० मिलियन अमेरिकी डलर लगानी गर्ने सम्झौता भएको छ ।

    ९. एमसीसी अन्तर्गत एउटै आयोजनाका लागि प्राप्त हुने ५०० मिलियन अमेरिकी डलर बराबरको अनुदान रकम नेपालको इतिहासमा सबैभन्दा ठूलो अनुदान हो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय