• नागरिकता विधेयक अघि बढाउन ध्यानाकर्ष

  • सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक अघि बढाउन ध्यानाकर्ष दलहरुको ध्याकर्षण गराएका छन् । ‘नागरिकता नपाएर धेरै युवा र वयश्कहरूले विभिन्न कठिनाइ झेलिरहेकाले सदन सञ्चालनको वातावरण बनाएर नागरिकता विधेयकसहित अन्य विधेयक अघि बढाउन ध्यानाकर्षण गराएको छु ।’ सोमबार सर्वदलीय बैठक पछि सापकोटाले भने ।

    उनले अमेरिकी सहायता परियोजना एमसीसीमा राष्ट्रिय सहमति कायमका लागि छलफल गर्न दलहरूलाई आग्रह गरेका छन् ।

    ‘राष्ट्रिय महत्वका विषयमा आम सहमति बनाउन पहलका लागि मैले आग्रह गरेको छु’ उनले भने ।

    राष्ट्रिय महत्वका विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको भन्दै सभामुख सापकोटाले आगामी संसद बैठक निर्वाध रूपमा सुचारु हुने विश्वास व्यक्त गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय