• दिपेन्द्रको शानदार व्याटिङ्मा नेपालको जित

  • टी–२० क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । ओमानमा जारी चार देशीय नेपालले घरेलु टिम ओमानलाई विकेटले ६ पराजित गरेको हो । १३६ रनको लक्ष्य पाएको नेपालले विकेट ४ गुमाएर २० ओभरमा लक्ष्य पूरा गर्‍यो ।

    नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले अर्धशतक बनाउने क्रममा ७३ रनको योगदान दिए । यस्तै नेपालका लागि आरिफ शेखले २५ रन बनाउँदा आसिफ शेखले १४ रनको योगदान दिए ।
    ज्ञानेन्द्र मल्लले १३ रन बनाए । ओपनर आसिफ शेख र प्रदीप ऐरी असफल भएपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपाली इनिंग्स उकासेका थिए । ज्ञानेन्द्र आउट भएपछि मैदानमा आएका आरिफले दिपेन्द्रलाई राम्रो साथ दिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । उसका लागि जेसन मक्सुदले सर्वाधिक ४३ रन बनाएका । नेपालका लागि अभिनाष बोहाराले ३ विकेट लिएका थिए भने कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय