• बजेट ८६ अर्ब घट्यो, आर्थिक वृद्धि लक्षअनुसार नै

  • सरकारले चालू आर्थिक वर्षको बजेट अंक फेरि घटाएको छ ।

    तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँ बजेट ल्याइएकोमा हालका अर्थमन्त्री जनार्दन शर्माले दोस्रो पटक बजेट घटाएका हुन् ।
    भदौ २५ गते बजेटमा केही हेरफेर गरेर प्रतिस्थापन विधेयक ल्याए।त्यतिबेला उनले बजेटको आकार १४ अर्ब ७५ करोड रुपैयाँले घटाएका थिए ।

    बिहिबार बजेटको अर्धवार्षिक समिक्षामार्फत त्यो आकार बिहीबार थप ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएका छन्।

    बैदेशिक ऋण र सहायतका साथै आन्तरिक ऋणको हिस्सासमेत घटाएका छन्। राजस्व लक्ष्य भने उनले घटाएका छैनन्।
    अर्थले चालू वर्षमा आर्थिक वृद्धिदर भने ७ प्रतिशत हुने दाबी गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय