• स्थानीय तहको चुनाब अगाबै एसईई

    Batika News logo
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) वैशाख ९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बुधबार बसेको बैठकले एसइई आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । उनले साधारणतर्फको परीक्षा वैशाख १७ गते र प्राविधिकतर्फको परीक्षा वैशाख २० गते सम्पन्न हुने बताए । उनले परीक्षा तालिका बिहीबार मात्र सार्वजनिक हुने जानकारी दिए ।

    स्थानीय चुनावलाई ध्यान दिँदै एसइईको तालिका तय हुने उनले बताए । ‘बोर्डले यसपटकको एसइई सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशलाई दिने तयारी गरेको छ,’ सदस्यसचिव अर्यालले भने, ‘बोर्डले प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको छ। यसपटक ५ लाख बढी विद्यार्थीले एसइई परीक्षा फारम भरेका छन् ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय