• स्थानीय तहको निर्वाचन रोक्ने प्रयास असफल,चुनावविरुद्धको रिट दरपिठ

  • स्थानीय तहको चुनावविरुद्ध परेको रिट निवेदन दरपिठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ । सर्वोच्च अदालत प्रशासनले बिनाआधारको रिट निवेदन भन्दै दरपिठ गरिदिएको हो ।

    सरकारले स्थानीय तहको चुनाव २०७९ वैशाख ३० मा एकैचरणमा हुने घोषणा गरेपछि त्यसविरुद्ध रिट निवेदन दर्ताका लागि पेस गरिएको थियो ।

    रिट निवेदनमा पछिल्लोपटक चुनाव भएका जनप्रतिनिधिको ६ महिना कार्यकाल पूरा नहुने दाबीसहित वैशाखमा चुनाव नगर्न माग गरिएको थियो ।

    महोत्तरी भंगाहाका सञ्जीवकुमार साहले निवेदनमा पछिल्लोपटक २०७४ असोजमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल २०७९ असोजसम्म हुनुपर्ने माग गरेका थिए ।

    २०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो । अहिले सरकारले वैशाख ३० मा तोकेको स्थानीय तहको चुनाव संविधानसँग बाझिएको दाबी उनले गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय