• अनि गरियो ३० वैशाख मै स्थानीय तहको निर्वाचन सरकारले

  • सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको । यसअघि जेठ मसान्तसम्म भनिएको र प्रतिपक्षीले चुनाब सार्न खोजेको अवस्थामा ३० बैशाखमा एकै चरणमा गर्ने सुनिश्चित गरिएको हो ।

    संविधान र ऐनको फरकफरक व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा गठबन्धनक दलहरूबीच केही समयअघिसम्म मतभेद थियो । संविधानले स्थानीय तहको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने व्यवस्था गरेको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी कात्तिक मंसिरमा निर्वाचन गर्नुपर्ने अडान राखेका थिए।
    तर सरकारको नेतृत्व गरेको कांग्रेसले संविधानको मूल भावना मुलुकलाई जनप्रतिनिधिविहीन नबनाउने रहेको भन्दै निर्वाचन गर्नुपर्ने अडान राखेको थियो। कांग्रेसको अडानपछि गठबन्धनका शीर्ष नेताले जेठभित्र स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए।

    निर्वाचनको मिति घोषणाअघि संविधानविपरीत रहेका कानुन संशोधन गर्न पनि सरकारलाई शीर्ष नेताहरूले सुझाएका थिए। तर निर्वाचन आयोगले जेठ ४ गतेभित्र निर्वाचनमा जाँदा कानुन संशोधन गर्न आवश्यक नपर्ने औँल्याएपछि सरकारले मिति घोषणा गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय