• खाडी र मलेसियामा रहेका नेपालीलाई उतैबाट ई-पासपोर्ट

  • खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा विस्तार गरेको छ । यी नेपालको प्रमुख श्रम गन्तव्य हुन् ।

    आइतबारबाट राहदानी विभागलेपरीक्षणको रूपमा नेपाली राजदूतावास दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी उत्पादन भएको जनाएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको आरनले यी विभागको भनाइ छ ।

    नियोगबाट भने सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खोलिएको जनाइएको छ । अन्य खाडी मुलुकहरू र मलेसियामा रहेका नेपाली नियोगमा विभागबाट विद्युतीय राहदानीका लागि आवश्यक पर्ने उपकरणहरू पठाइ सकिएको निर्देशक आरनले जानकारी दिए। नेपालबाट पठाइएको उपकरण जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुआत हुनेछ।

    त्यस्तै यीबाहेकका अन्य मुलुकमा रहेका सबै नेपाली नियोगमा उपकरण पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा संचालन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ । दोस्रो चरणमा युके, अमेरिका, क्यानडा, कोरिया र जापानलगायतका देशबाट पासपोर्ट इनरोलमेन्टको काम हुने विभागले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय