• यी एजेन्डा बोकेर २ दशकपछि पाकिस्तानी प्रधानमन्त्री रुस जाने तयारी

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको भ्रमण गर्ने तयारी गरेका छन् । यो भ्रमण दुई दशक भन्दा धेरै समयपछिको हुनेछ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा खानकाे रुस भ्रमण हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो भ्रमण २३ देखि २६ फेब्रुवरीमा हुने सम्भावना रहेको बताइएको छ ।

    भ्रमणका क्रममा प्रधानमन्त्री खानसँग उनको मन्त्रिपरिषद्का सदस्यहरूसहित उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुने बताइएको छ । मार्च १९९९ मा, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गरेका थिए ।

    गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यस वर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा बाहिर आएको हो ।

    इमरान खानकाे रुस यात्रा पश्चिमा मुलुकहरूका लागि एक सन्देशका रूपमा हेरिन थालिएकाे छ । युक्रेन संकटलाई लिएर रुस र अमेरिकाबीच विवाद चर्केका बेला पाकिस्तानी प्रधानमन्त्रीकाे भ्रमण पश्चिमा देशहरूका लागि गतिलाे सन्देश हुने समाचारहरूमा जनाइएकाे छ । खान र पुटिनबीच द्विपक्षीय सहयोगका साथसाथै साझा हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल हुने बताइएकाे छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय