• सत्तारुढदलले गरेको प्रतिवद्वता अनुसार एमसीसी अनुमोदन गर्न अमेरिकाको पत्र

  • अमेरिकाले १६ फागुनसम्ममा संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुमोदन गरिसक्न पत्र पठाएको छ । गएको २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो अवधिमा अनुमोदन गर्ने प्रतिवद्वता गराएका थिए ।

    अमेरिकाले पत्र लेख्दै १६ फागुन नजिकिएको उल्लेख गर्दै यसलाई अनुमोदन गर्न भनिएको छ। नेपालमा हालसम्मकै सबैभन्दा बढी ५० मिलियन डलर अर्थात् करिब ५६ अर्बको अनुदान सहायता संसद्बाट अनुमोदन नगर्दा अघि बढ्न सकेको
    छैन। साढे दुई वर्षअघि सुरु हुनुपर्ने प्रसारणलाइन र सड़क परियोजना निर्माण सुरु गर्ने लक्ष्य राखे पनि दलहरुभित्रको विवादका साथै यसको कारण देखाउँदै संसदबाट टेबल गर्न ढिलाइ भएको । यसअघि सरकारले नोभेम्बर २०१९ भित्र संसद्बाट कम्प्याक्ट सम्झौता अनुमोदन एमसीसी स्रोतका अनुसार शुक्रबार नै समयावधि तोकिएको पत्र प्रधानमन्त्री पूर्वप्रधानमन्त्री दाहाल र परियोजना अघि बढाउन गठित अमेरिकी च्यालेन्ज एकाउन्टेन्ट (एमसीए) नेपालका अध्यक्ष एवं अर्थ सचिव मरासिनी समक्ष पुगिसकेको छ । पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल गरिसकेका छन् भने यसबारे सत्तारुढ दलबीच पनि सहमति हुन सकेको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय