• तामाकोशीको पिकिङ आवर उत्पादन ३५० मेगावाट

  • राष्ट्रिय गौरवको ताममकोशी जलविद्युत आयोजनाले पिकिङ आवर उत्पादन ३५० मेगावाटसम्म गरेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको आयोजनाले जनाएको ।
    बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुने आयोजनाले जनाएको छ ।
    दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत्् दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरिएको छ ।

    मानिसले धेर विद्युत् प्रयोग गर्दा आयाृजनाको उत्पादन बढ्ने तथा कम प्रयोग हुँदा कम हुने क्रम चरिरहेको छ ।
    आयोजनाबाट उतपादित विद्युत् विद्युत्गृह २२० गोँगर–खिम्ती २२० केभी डबल सर्किट प्रशारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती–ढल्केबर चार सय ÷२२० केभी प्रशारण लाइनमार्फत विद्युत् वितरण भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय