• दार्चुलामा मोटरेवल पुल बन्ने, नेपाल भारतबीच सम्झौता

  • नेपालको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । यस विषयमा मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

    सचिव श्रेष्ठका अनुसार पुल बनाउने जिम्मा भारतीय पक्षको छ । उक्त पुलले असिगडा र भारतको छारछुङलाई जोड्ने उल्लेख गरिएको छ ।

    भारतीय दूतावासले पुल निर्माणको काम चाँडै सुरू हुने जनाएको छ । ‘यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता-जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय