• किरण चेम्जोङको उत्कृष्ठ रक्षमा मौरिसससँग संघर्षपूर्ण जित

  • मौरिससविरुद्ध  नेपालले लगातार दोस्रो जीत निकालेको छ । संघर्षपूर्ण खेल र नेपाली क्याप्टेन किरण चेम्जोङ उत्कृष्ठ गोल रक्षाको कारण नेपालले जीत निकालेको हो ।

    खेलको पहिलो हाफमा नेपालले गरेको एक गोल नै निर्णायक बनेको हो ।  खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

    दोस्रो हाफ भने निकै तनावपूर्ण भएको थियो । ७० औं मिनेटमा मौरिससका खेलाडीले नेपाली खेलाडी अन्जन विष्टलाई फल गरेपछि तनाव बढ्यो । तनाव झन बढेपछि रेफ्रीले नेपाल र मौरिससका एक एक खेलाडीलाई रातो कार्ड दिए ।

    १० – १० खेलाडीमा सीमित दुवै टिमको खेल सुरु भएको केही मिनेटमै फेरि मौरिससका खेलाडीले रातो कार्ड पाए । मौरिसस ९ खेलाडीमा सीमित भयो ।

    यसअघि गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल पनि नेपालले १–० ले जितेको थियो । सो खेलमा विमल घर्तीमगरले गोल गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय