• अनि आयो जेठमा चुनाबको प्रस्ताब

  • जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनले सरकारलाई सुझाव दिएको छ। यस अघि पहिले संघको निर्वाचन गराउने गरि छलफल भएकोमा अहिले कांग्रेस कै प्रस्ताबमा जेठमा स्थानीय चुनाबको प्रस्ताब गरिएको हो ।

    शनिबार दोस्रो पटक बसेको सत्ता गठबन्धनको उच्च स्तरीय संयन्त्र बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत् सरकारलाई सुझाव दिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

    त्यस्तै संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भए त्यो तयारी गर्नको निम्ति पनि सरकारलाई उच्च स्तरीय संयन्त्र बैठकले सुझाव दिएको उनले बताए।

    निर्वाचन आयोगसँग छलफल गरेपछि एकै चरणमा निर्वाचन गर्ने वा फरक फरक मितिमा गर्ने कुराको टुंगो लाग्ने उनले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय