• पदाधिकारीसहित पुराना नेता राखेर कांग्रेस कार्यसम्पादन समिति गठन

  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
    देउवाले समिति गठनका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
    को-को छन् समितिमा
    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा विश्वप्रकाश शर्मा साथै ८ सहमहामन्त्री फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे, जीवन परियार कार्यसम्पदान समितिमा रहेका छन् ।
    त्यस्तै नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर कार्यसम्पदान समितिमा रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय