• कोरोना संक्रमितको दर हरेक दिन घट्दो, १ करोड ५ लाखलाई खोप

  • ओमिक्रोनको महामारी केही दिनदेखि घट्दो देखिएको छ । ५ पाँच दिनयता संक्रमण दर घट्दो क्रममा देखिएको सरकारले दैनिक सार्वजनिक गरेको तथ्यांकले ५० प्रतिशत माथि पुगेको दर ३८ प्रतिशतमा झरेको छ ।

    १ करोड ५ लाख खोप लगाइयो
    स्वास्थ्य मन्त्रालयले हालसम्म १ करोड ५ लाख जनालाई खोप लगाएको जनाएको छ ।

    हालसम्म एक करोड पाँच लाख ६७ हजार खोप लगाइसकेको र थप लगाउने क्रममा रहेको जनाइएको छ ।

    त्यस्तै खोपको माैज्दात ७२ लाख ३९ हजार रहेको छ । जसमध्ये ३३ लाख बढी केन्द्रीय भण्डारण स्टोरमा मौज्दात छ । तर, भेरोसेलको
    खोप भने कम रहेको जनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय