• निर्यात ५७ प्रतिशत योगदान प्रशोधित तेलको

  • चालू आर्थिक वर्षमा भएको निर्यातमा ५७ प्रतिशत योगदान प्रशोधित तेलको देखिएको छ ।
    ६ महिनामा कुल एक खर्ब १८ अर्ब ९ लाख रुपैयाँ बराबरको निर्यात ६८ अर्ब ६६ करोड रुपैयाँको तेल रहेको छ ।
    अघिल्लो वर्ष सो अवधिमा ६० करोड ९२ लाख रुपैयाँको निर्यात भएको अर्ब ७९ थियो । ६ महिनामा भटमासको तेलको निर्यात १०१.१९ प्रतिशतले बढेर ३४ अर्ब २७ करोड पुगेको थियो ।
    यो अवधिमा पाम तेलको निर्यातमा भारी वृद्धि भई ३१ अर्ब ९८ करोड पुगेको छ भने सूर्यमुखी तेल २ अर्ब ४१ करोड निर्यात भएको छ ।

    निर्यातमा भटमास तेल २८.८३ प्रतिशत, पामतेल २६.९० र सूर्यमुखीको तेल २.२२ प्रतिशत योगदान रहेको छ । जुन स्वदेशी उत्पादन नभई कच्चा पदार्थ बाहिरबाट आयात गरेर पुनः प्रशोधन गरेर निर्यात हुने गर्छ।

    भन्सार विभागको तथ्यांकअनुसार अनुसार ६ महिनामा कच्चा भटमास तेलको आयात ३६ अर्ब ५४ करोड र पाम आयलको आयात २७ अर्ब ४९ करोड भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय