

राष्ट्रिय सभामा एमाले अब सभाअध्यक्षसहित १६ सिटमा सिमित भएको छ । रिक्त १९ मध्ये १८ सदस्यमा भएको निर्वाचनमा एमालेले १ सिट मात्रै जितेको छ । रिक्त रहेका १९ मध्ये यसअघि एमालेका ८ जना सदस्य रहेका थिए ।
तर एमालेको ७ सिट घट्दा कांग्रेसले ३ र अन्य ४ दलको १/१ सिट संख्या बढेको छ ।
७ सिट घट्दा पनि एमाले पहिलो पार्टी बनेको छ ।
एमालेपछि माओवादी केन्द्र ठूलो दल माओवादी बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीका ४ सिट रिक्त रहेकोमा गठवन्धनको भागबण्डाबाट एक सिट थपेको छ । अब माओवादीको राष्ट्रियसभामा १५ सिट पुगेको छ ।
कांग्रेसले चार सिट थप्दै तेस्रो ठूलो दल बनेको हो । कांग्रेसका तीन सिट रिक्त रहेका थिए । गठबन्धनमा ६ सिट पाएको कांग्रेसले तीन सिट थपेपछि १० सिट पुर्याएको छ ।
एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ । चुनावअघि ७ सिटमा रहेको नेकपा एसका ४ सदस्य रिक्त रहेका थिए । गठबन्धनमा नेकपा एसले ५ सिट पाएको थियो । नेकपा एस एक सिट थप्न सफल भएको हो । अब ८ सिट रहेको छ ।
एक सिट रहेको जनता समाजवादीले गठवन्धनमा २ सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । राष्ट्रियसभामा जसपाका दुई सांसद भएका छन् ।
कहाँ कसले जिते ?
नेपाली कांग्रेस-
कृष्णप्रसाद पौडेल (वागमती)
दुर्गा गुरुङ (कर्णाली)
कमला पन्त (गण्डकी)
युवराज शर्मा (लुम्बिनी)
गोपाल बस्नेत (प्रदेश १)
नारायणदत्त मिश्र (सुदूरपश्चिम)
माओवादी केन्द्र-
उर्मिला अर्याल (मधेश)
भुवनबहादुर सुनुवार (गण्डकी),
सुरेश आलेमगर (गण्डकी),
नरबहादुर बिष्ट (कर्णाली),
जगत पार्की (सुदूरपश्चिम),
एकीकृत समाजवादी-
जयन्ती राई (प्रदेश १),
गरिमा शाह (सुदूरपश्चिम),
राजेन्द्रलक्ष्मी गैरे (लुम्बिनी),
उदयबहादुर बोहरा (कर्णाली)
गोमा तिमिल्सेना (वागमती)
जनता समाजावदी-
महमद खालिद (मधेश)
राष्ट्रिय जनमोर्चा-
तुलबहार विश्वकर्मा (लुम्बिनी)
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
