• प्रतिस्पर्धाबाट साढे १५ सय मेवाका सोलार आयोजनाको पीपीए

  • सौर्य ऊर्जा (सोलार) प्लान्टबाट उत्पादित विद्युत खरिद बिक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाको आधारमा गर्ने निर्णय नेपाल विद्युत प्राधिकरणले गरेको छ। हाल प्रतियुनिट ७.३० पैसामा पीपीए गर्दै आएको प्राधिकरणले भने अब भने प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै विद्युत विकास विभागबाट अनुमतिपत्र लिएका साढे १५ सय मेगावाटका सोलार आयोजनाले पनि प्रतिष्पर्धा गर्नुपर्ने भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिष्पर्धाबाट गर्ने निर्णय गरेको छ। विश्व बजारमा प्रतियुनिट ३ रुपैयाँसम्ममा सोलारबाट ऊर्जा उत्पादन भइरहेको बेला विद्युत प्राधिकरणले गरेको यो निर्णयलाई सकारात्मक मानिएको छ। तर लाइसेन्स लिएर विद्युत विकास विभाग र लगानी बोर्डबाट सोलार निर्माणको लागि अनुमतिपत्र (लाइसेन्स) दिँदा नै पीपीएमा प्रतिष्पर्धाबाट दिनुपर्ने व्यवस्था गर्नुपर्ने भए पनि प्राधिकरणले मात्र निर्णय गर्दा यसले अनुमतिपत्र लिएर अध्ययन गरिरहेका आयोजनाहरू भने मारमा पर्नेछन् । ऊर्जामन्त्री भुषालले भने सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिष्पर्धाबाट गर्ने निर्णय लिइएको बताइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय