• आइपिएल अक्सनका लागि सन्दीपसहित १५ खेलाडी सिफारिस (सूची)

  • इन्डियन प्रिमियर लिग (आईपीएल) लिगको लागि नेपालका १५ खेलाडी सिफारिस भएका छन् ।
    नेपाल क्रिकेट संघ (क्यान) को सिफारिसमा ती खेलाडी सूचीकृत भएका हुन् ।
    आगामी संस्करणका लागि फेब्रुअरी १२ र १३ मा मेगा अक्सन हुँदैछ । अक्सनभन्दा पहिला अक्सनमा समावेस भएका विश्वभरका खेलाडीको सूची आईपीएलले शनिबार जारी गरेको छ । नेपालका १५ जना खेलाडी सूचीकृत भएका छन् ।
    सूचीकृत हुने खेलाडीहरुमा कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, शरद भेषवाकर, करण केसी, सन्दीप जोरा रहेका छन् । त्यस्तै कुशल मल्ल, कुशल भुर्तेल, रोहितकुमार पौडेल, अविनाश बोहोरा, आरिफ शेख, आसिफ शेख, सुशान भारी र पवन सर्राफ छन् ।

    सिफारिस
    लोकप्रिय