• चुनाबको तयारी गर्न ढिला भयो : निर्वाचन आयो

  • निर्वाचन आयोगले चुनाबको मिति तोक्न उिला भएको जनाएको छ । मिति तोक्न ढिलाई भएको कारण तयारी अपुग भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपोलियाले बताए ।

    आयोगले ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष १४ र २२ वैशाखमा स्थानीय चुनावको मिति प्रस्ताव गरेको थियो । निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भएकाले माघ पहिलो साताभित्रै मिति टुंगो लगाउन आयोगले सरकारलाई आग्रह गरेको थियो । सरकारले भने कानुनविद्हरूसँग परामर्श गरेर निर्णय लिने तयारी गरिएको छ ।

    यसै बीच आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई फोनमार्फत निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको जानकारी गराएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय