• उद्योग आलोपालोमा विद्युत चलाउनु नपर्ने

  • नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको दाबी गरिएको छ ।
    नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
    दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
    ‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनु पर्ने वाध्यात्मक अवस्था थियो, अव यस्तो अवस्थाको अन्त्य भई उद्योगलाई मागअनुसार पर्याप्त विद्युत सकिन्छ,’,कार्यकारी निर्देशक घिसिङले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय