कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ ।
सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ ।
यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय