• शंकर खरेल अर्थात ४ दिनको सचिव

  • २ दिन वा ३ दिनको लागि मात्रै मन्त्री भएका केहअं नाम पाउन सकिन्छ । अब भने यस्तै सचिव पनि पाइने भएका छन् ।
    शंकर खरेल नेपाल सरकारको ४ दिनको सचिव हुने भएका छन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगका सहसचिव शंकर खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । खरेल माघ ४ देखि सरकारी सेवाबाट अवकाश पाउँदैछन् । ४ दिनपछि सेवानिवृत्त हुन लागेका उनलाई सरकारले निजामति सेवामा माथिल्लो दर्जासहित ओहोदा र राम्रो निवृत्तिभरणको सुनिश्चितता गरिदिएको छ ।

    सचिवमा बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको सिफारिस समितिले बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय