• नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

  • नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको छ ।
    ५८ वर्षे हदका कारण शुक्रबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री अवकाश भएका थिए ।
    तर, उनले ४ वर्षे सेवा अवधि माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय