• युभेन्ट्सको रोमाञ्चक जित

  • इटालियन सिरी ए फुटबल अन्तर्गतको खेलमा युभेन्टस् विजयी भएको छ । गए राति भएको सात मिनेटमा तीन गोल गर्दै युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको हो ।

    युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेको हो । १० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १–१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १–१ गोल गरे ।

    जितपछि युभेन्ट्स २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय