• ३३ किलो सुन प्रकरण, उप्रेती दुई लाखमा रिहा

  • ३३ किलो सुन प्रकरणमा पक्राउ परेका रमेश उप्रेती दुई लाख धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला अदालत मोरङले दुई लाख धरौटीमा रिहा गरेको हो ।

    जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले रमेशलाई बिहीबार पुर्पक्षका लागि दुई लाख धरौटी बुझाउन आदेश दिएको थियो । अदालतको आदेशसँगै दुई लाख धरौटी बुझाएर उनी छुटेका छन् ।

    उनी साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाइ हुन् ।
    फैसलापछि हाजिर भएका मोहनकुमार अग्रवालले तीन लाख, कृष्णगोपाल अग्रवाल र गोरेका भाइ रमेश दुई/दुई लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

    ७७ जना प्रतिवादी रहेको सुन तस्करी र सनम शाक्य हत्याको मुद्दामा न्यायाधीश लम्सालकै इजलासले १९ असोजमा ५६ जना प्रतिवादीलाई सफाइ दिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय